सुनसरीको बर्जु गाउँपालिकामा आगलागी, २७ घर जले

Sharing is caring!

चैत ४, २०८० । सुनसरीको बर्जु गाउँपालिकामा आज अपरा्हन भएको आगलागीमा परी २७ वटा घर जलेका छन् ।बर्जु गाउँपालिका वडा नम्बर ४ मा पर्ने जयनगर मुस्लिम टोलमा आगोले स्थानीय बासिन्दाका घर जलेका हुन् । स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको प्रहरीले जनाएको छ ।

अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडै फैलिएर धेरै घरमा क्षति भएको स्थानीयले जनाएका छन् । आगालागीमा घरसहित स्थानीयको अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको छ । केही चौपायाहरु पनि मरेको प्रहरीले जनाएको छ ।

आगो निभाउने प्रयासमा केही गाउँले घाइते भएका छन् । पीडित परिवारलाई तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको स्थानीय जनप्रतिनिधिले बताए । उनीहरुका लागि आपतकालीन राहत दिने तयारी पनि भइरहेको जनाइएको छ ।

इनरुवा, इटहरी, विराटनगरलगायत पालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । दुई दिनयता कोशी प्रदेशका मोरङ, भोजपुर, तेह्रथुम, सुनसरीलगायत जिल्लामा भएको आगलागीमा परी करिब पाँच दर्जन घर जलेका छन् ।

हिजो साँझ भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *