सांग्रिला बैंकद्धारा विपन्न परिवारका छात्रालाई आर्थिक सहयोग

Sharing is caring!

असार २३, २०७६ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा सुश्री रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर रहेकोले यस बैंकले आर्थिक सहयोग गरेको हो ।

जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *