राखेप सदस्यसचिवमा सिलवाल नियुक्त

Sharing is caring!

असार २३, २०७६ । राष्ट्रिय खेलकुद परिषद(राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।  उनले सोमबार नै सपथ ग्रहण गरेका छन् ।

उनलाई सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री जगतबाहादुर विश्वकर्माले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

अघिल्ला सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल गत असार ९ मा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *