सर्वसाधारणका लागि माथिल्लो तामाकोशीको सेयर खुला

Sharing is caring!

कात्तिक १५, २०७५ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

माथिल्लो तामाकोशीले बिहीबारदेखि सर्वसाधारणका १ अर्ब ५८ करोड रुपैयाँको सेयर निष्कासन गरेको छ ।

सर्वसाधारणले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

कमपनीको विवरणपत्र  नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेडबाट हेर्न सकिनेछ ।

आजदेखि आवेदन खुला भएको उक्त आईपीओको छिटोमा आगामी १९ गते र ढिलोमा मंसिर १४ गतेसम्म बिक्री हुनेछ ।

यस अघि नै आयोजनाले दुई चरणमा सेयर निष्काशन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *