सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ

Sharing is caring!

फागुन २४, २०७६ । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गर्नुभएको छ ।

शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणको लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्नुभयो । मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भुमिका असाधारण रहेको उल्लेख गर्दैै उहाँले लोकतन्त्रको स्थापनासँग सवैभन्दा विकसित तवरले अघि बढेको नै प्रेस जगत भएको बताउनुभयो ।

सूचना प्रविधिको विकास सँगै अझ वढी प्रेस जगतको आवश्यकता बढेको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको बताउनुभयो । नेपालको सामाजिक, आर्थिक, सास्कृतिकलगायतका क्षेत्रहरुको रुपान्तरणको लागि महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनका पत्रकाहरुको रहेको उल्लेख उहाँले गर्नुभयो । क्रियाशिल, अध्ययनशिल, जिम्मेवारशिल हुनुपर्नेमा जोड दिँदै उहाँले तथ्य र वस्तुगत कुराहरुको आत्मसात् गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो ।
अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उहाँले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिनुभयो । राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने समेत उहाँले दावी गर्नुभयो ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पुरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनैतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार भएको बताउनुभयो । क्रान्तिको नयाँ मोडेलमा नेपाल अघि बढेको बताउँदै उहाँले विश्वभरिका न्याप्रेमी शक्तिहरु सफलताको कामना गरिरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ बाटोका साथमा अघि बढ्दै विश्वमा नयाँ प्रयोग तथा विस्तार हुने डरले कतिपय पुँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिहरु असफल बनाउन गिद्धेनजरले हेर्दै असफलता बनाउन लागि परिरहेकाले त्यसलाई विशेष रुपमा सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपाका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले मानिसको इच्छाशक्ति तिव्र भएको खण्डमा कोरोना भाइरसले केही समस्या उत्पन्न हुन नसक्ने उल्लेख गर्दै उहाँले उक्त हल्ला तथा भ्रमलाई चिर्दै यथार्थपरक जनतामा जानकारी बढाउन प्रेस संगठनले जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो । संख्यात्मक रुपले मात्र बलियो भएर नहुने औल्याउँदै उहाँले गुणात्मक रुपमा विकास र विस्तार गर्नु अपरिहार्य रहेको बताउनुभयो । संगठनमा महिला पत्रकारको सहभागित बढाउनुपर्ने बताउँदै उहाँले संगठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रेस संगठनका इन्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले प्रत्येक नेकपामा आवद्ध संगठनका सदस्यहरुले हामी नेकपाका सदस्य हौं भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनभुयो । अन्य पार्टीका नेता तथा कार्यकर्ताको भन्दा भिन्न प्रकारको क्षमता र क्रियाशिलता हुनु अपरिहार्य रहेको औल्याउँदै उहाँले पार्टीको निष्कर्ष नै आफ्नो आश्था र विश्वासको धरोहर भएको बताउनुभयो । संगठनका पत्रकारहरुले पार्टी र सरकारको सकारात्मक आलोचना समेत आवश्यक रहेको औल्याउँदै समस्यालाई आन्तरिक छलफलको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीको केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहाकार सूर्य थापाले संगठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै पार्टीलाई नै प्रेरणाको स्रोतको रुपमा हुनुपर्ने बताउनुभयो । संचार क्षेत्रमा विभिन्न प्रकारका सुधारहरुको बारेमा संगठनले विगत लामो समयदेखी बहस चलाउँदै आएको र सरकारले सोही अनुसार सरकारले संस्थागत रुपमा कानुनी आधार तयार भएको बताउनुभयो । संविधानसँग बाझिने कुनै पनि कानुन नवन्ने दावी गर्दै बनेमा पनि अदालतले खारेज गर्ने स्पष्ट संवैधानिक अधिकार रहेको समेत उल्लेख गर्नुभयो ।

नेकपा बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले कोरोना भाइरकबाट आतंक नभई सचेत हुन जरुरी रहेको औल्याउँदै कोरोनाको बारेमा मिडियाबाट आउने कुराहरु सत्य, तथ्य र वास्तविकता हुनुपर्नेमा जोड दिनुभयो । बाग्मती प्रदेशले सवै संगठन एकताका कार्यहरु सम्पन्न गरी सकेको उल्लेख गर्दै उहाँले आम नेपाली जनताको बिचमा सुदृढ तथा एकतावद्ध बनाउँदै लैजाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा एकिकृत रुपमा निर्माण भएको प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीको साथमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको समेत सपथ ग्रहण समेत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *