सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रियमा डेब्यू

Sharing is caring!

जेठ १८, २०७५ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी-२० अन्तराष्ट्रियमा  डेब्यू गर्दैछन् । अाइसीसीले  टी-२० अन्तराष्ट्रियको मान्यता दिएको यो च्यारिटी खेलमा सन्दीपको टिमले वेष्ट इन्डिजविरुद्ध खेल्ने भएको हो। सन्दीपको लागि यो पहिलो टी-२० इन्टरनेशनल म्याच हुनेछ ।

२०१६ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका सन्दीपले टी-२० अन्तराष्ट्रिय खेल खेल्न पाएका थिएनन् । उनले राष्ट्रिय टोलीबाट नभएर विश्व-११ को टोलीबाट टी-२० अन्तराष्ट्रियमा डेब्यू गरेका हुन् ।

सन्दीपको टिम विश्व-११ ले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । विश्व–११को टोलीमा कप्तान शाहिद अफ्रिदीसँगै पाकिस्तानको टोलीको सोयब मलिक, श्रीलंकाका टी– २० कप्तान थिसरा परेरा, अफगानिस्तानका लेग स्पिनर रासिद खान, बंगलादेशका अलराउण्डर सकिब अल हसन र तमिम इक्वाल, भारतका दिनेश कार्तिक, न्यूजिल्याण्डका लुकी रोचीँ र मिचेल म्याक्लेघन, इंग्ल्याण्डका ट्यामल मिल्स,  इंग्ल्याण्डका आदिल रासिद र साम कुरान तथा साम बिलिङ्ससँग टिममा सन्दीप पनि अटाएका छन् ।यो खबर आजको नयाँ पत्रिकबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *