सदन रोक्न सरकारले सभामुखलाई दबाब दिए : अध्यक्ष ओली

Sharing is caring!

साउन १७, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले सभामुखलाई दबाब दिएर सदन रोकेको आरोप लगाएका छन् ।

बुधवार ललितपुरमा आयोजित तुल्सीलाल अमात्यको २१औ स्मृति दिवसको अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा ओलीले आफूहरुले सदन चलाउँनु पर्छ भनेको दावी गरे । उनले सुन प्रकरण बारे आवाज उठाउँछन् भनेर सरकारले सभामुखलाई दबाब दिएर र सूचना टाँस्न लगाएर सदन रोकिएको बताए ।

उनले भने, सुन प्रकरणको संसदमा आवाज उठ्छ भनेर संसद चल्न दिनुभएन किन भने सांसद बोल्छन् भनेर । हामीले संसद चलाउँ भनेका छौं । सांसद बोल्छ जनताको आवाज उठाउँछ । सरकार जनतालाई बोल्न दिँदैन् । सभामुखलाई दबाब दिन्छ तपाई सूचना टाँसेर राक्नुहोस् भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *