बजेटले सबै क्षेत्रलाई समेट्न सकेन : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

Sharing is caring!

साउन १७, २०८० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अहिले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गत,राष्ट्रिय सरोकार समन्वय समितिद्धारा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले अहिलेको जस्तो बजेट योजना ,बजेट छलफल र वितरण गर्ने प्रणालीले देशको विकास नहुँने बताए ।
उनले भने,‘अहिलेको जस्तो बजेट योजना, बजेट छलफल र वितरण गर्ने प्रणालीले हामी कहीँ पुग्न सक्दैनौ । सबैको अन्तर विरोध र व्यवहार समानतापूर्ण छैन् । देशको प्रधानमन्त्री हुन नसक्ने देशको अर्थमन्त्री हुन नसक्ने अनि कसरी मुलुक चल्छ ? ’

अध्यक्ष तिमल्सिनाले जनताद्धारा निर्वाचित नेताहरुले स्थानीय तहको समस्याहरु पहिचान गर्न नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा गएर कसरी स्थानीय तहलाई बलियो बनाउँने भन्ने बारे सोच्नुपर्ने टिप्पणी गरे ।

त्यस्तै,राष्ट्रिय सभा अन्तर्गत,राष्ट्रिय सरोकार समुन्वय समितिका सभापति दिलकुमारी रावलले नीति नेपाल सरकारले कानून चाँहि संसदले बनाउँने भन्दै नीतिमा आधारित भएर कानून बन्दा प्रभावकारी हुन नसकेको बताईन् ।

उनले सरकारले बनाउँने नीतिमा आफूहरुलाई पनि सहभागी गराउँन माग गरिन् । उनले भनिन् ‘नीति नेपाल सरकारले बनाउँछ प्रदेश सरकारले बनाउँछ कानून चाँहि संसदले बनाउँछौं, नीतिमा आधारित भएर कानून बनिरहदाँ कतिपय नीति र कानून बीच अन्तरसम्बन्ध छैन्, त्यसैले सरकारले बनाउँने नीतिमा पनि हाम्रो सहभागीता हुनुपर्‍यो कानूनमा पनि अध्ययन र अनुसन्धानमा आधारित हुनुपर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *