कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

Sharing is caring!

साउन १७, २०८० । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको शपथ लिएका छन् । बुधबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

गत असार २१ मा मुख्यमन्त्री बनेका थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन्। । उनी साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्तीमा परेका थिए। २६ दिनमै दोस्रो पटक मुख्यमन्त्रीमा पुगेका उनले नेपाली

कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन पाएका हुन् । थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभा सभामुख बाबुराम गौतमले राजिनामा दिएका थिए । राजीनामा दिएपछि बहुमत जुटाएका थापाले बुधबार पहिलो चरणमा तीनजनालाई मन्त्री बनाएका छन् ।

माओवादी केन्द्रका निर्वतमान सभामुख गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन्।

सभामुख छाडेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले दोस्रो वरीयता पाएका छन् ।

त्यस्तै, एकीकृत समाजवादीका जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउँदा सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *