आज संवैधानिक परिषदको बैठक बस्दै

Sharing is caring!

साउन १८, २०८० । संवैधानिक परिषदको बैठक आज अपराह्न ५ बजे बस्दैछ ।

आजको बैठक सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि बस्न लागेको हो ।

गत मंगलबार बसेको पहिलो बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो ।

आगामी शनिवारदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *