असोज १ देखि लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खुल्ने

Sharing is caring!

भाद्र ३०, २०७७ । सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन तथा आन्तरिक हवाई उडान गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सोमबारकै बैठकले सरकारले असोज १ गतेबाट नै होटल रेष्टुरेन्टहरु पनि संचालन गर्न दिने निर्णय गरेको छ । तर यी सेवाहरुमा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ ।

त्यस्तै, लामो दूरीका सवारी साधनले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय सरकारले गरेको छ ।

यात्रुले भने अनिवार्य मास्क र जहाजमा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *