रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

Sharing is caring!

साउन १८, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुनेछ ।

पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ ।

रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *