सुदूरपश्चिमका पहाडी क्षेत्रमा हिमवर्षा

Sharing is caring!

माघ १८, २०८० । बैतडीसहित सुदूरपश्चिमका पहाडी क्षेत्रमा हिमवर्षा भएको छ । सुदूरपहाडमा यो बर्ष पहिलो पटक हिमपात भएको हो ।

सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको स्थानीय दिनेश प्रसाद जोशीले बताएका छन् । बझाङको बुंगल, बैतडीको खोड्पे, सिगास, श्रीभावरलगायतका क्षेत्रमा हिपवर्षा भएको जोशीले बताए ।

उता, दार्चुलाको अपिहिमाल, व्याँसलगायतका क्षेत्रमा व्यापक हिमपात भइरहेको छ भने बझाङ, बाजुरा, डोटीलगायतका जिल्लाका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ । खप्तडलगायतका क्षेत्रहरुमा हिमपात भएको छ ।

बर्षा र हिमपातले कतिपय ग्रामीण क्षेत्रका कच्ची सडकहरु अवरुद्ध भएका छन् । हिउँदे बर्षा र हिमपातले ती क्षेत्रहरुमा चिसो बढेको छ । चिसोमा खासगरी दमका विरामी तथा बालबालिका तथा वृद्धवृद्धाहरुले स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *