संगठित सुन तस्करी प्रकरण : उच्च अदालतको आदेश पनि ‘उस्तै’

Sharing is caring!

जेठ २४, २०७५ । २०७३ पुसमा भएको तस्करीको साढे ३३ किलो सुन बरामद प्रकरणमा आरोपितहरूलाई थुनछेक आदेश गर्ने क्रममा उच्च अदालत, पाटनको रवैयासमेत ‘उस्तै’ देखिएको छ । सुन तस्करीमा मुछिएका आरोपितका सवालमा उच्च अदालत, पाटनले जिल्ला अदालतको भन्दा पनि ‘उदार’ दृष्टिकोण राख्दै केहीलाई सामान्य तारेखमा छाडेको थियो ।

यसरी छाडिएका व्यक्तिहरू सुन तस्करीका क्रममा निर्माण भएको सञ्जालको केन्द्रमा रहेका पात्रहरू रहेको अनुसन्धान प्रतिवेदनबाटै खुलेको थियो।
उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंभन्दा पनि एक कदम अघि बढेर ‘उदार दृष्टिकोण’ राख्दै एसएसपी श्याम खत्रीलाई सामान्य तारेखमा रिहा गरिदियो। पुर्पक्षका लागि थुनामा परेका श्यामकृष्ण श्रेष्ठ २ लाख रुपैयाँ धरौटीमा छुटे। पर्याप्त प्रमाणका बाबजुद वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका चार सञ्चालकलाई १/१ लाख रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई समेत उच्च अदालतले ‘ठीकै’ ठहर्‍याइदियो। भरियालाई थुनेर सुन मालिकलाई धरौटीमा छाड्ने प्रवृत्तिमा उच्च अदालत पनि उस्तै देखियो।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *