सेयर बजारमा कारोबार सुरु, सरकार झुक्यो

Sharing is caring!

जेठ २४, २०७५ । सेयर बजार सुचारु भएको छ । अर्थ मन्त्रालयले पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न सहमत भएपछि नेप्से खुलेको हो । सरकारले हालै कार्यान्वयनमा ल्याएको हकप्रद र बोनस सेयरमा लाग्ने लाभकरको निर्णय स्थगन गरेको छ । लगानीकर्ताको निरन्तरको आन्दोलन र बजार नै ठप्प पार्ने सम्मका गतिविधिका कारण सरकार घुँडा टेक्न बाध्य भएको हो ।
अर्थमन्त्रालयका सहसचिब उत्तरकुमार खत्रीसँगको वार्तामा लगानीकर्ता र सरकारबीच यस्तो सहमति भएको हो । सरकारले अहिले ल्याएको लाभकर सम्बन्धी नयाँ ब्यवस्था स्थगन गर्ने र अन्दोलनकारीले पनि आन्दोलन स्थगन गर्ने सहमति भएको वार्तामा सहभागी इन्भेष्टर फोरमले जानकारी दिएको छ । साथै सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित सुझाव समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै अनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै ब्यवस्था कायम गरिएको पनि फोरमले जानकारी दिएको छ ।
सरकारले केही दिन अगाडि मात्रै बोनस र हकप्रद सेयरको लागत प्रतिकित्ता १०० रुपैयाँ मान्ने र सोभन्दा बढीमा त्यस्ता सेयर विक्री गरेमा जति बढीमा विक्री हुन्छ त्यसैको आधारमा पुँजीगत लाभकर तिर्नुपर्ने नयाँ ब्यवस्था गरेको थियो ।यो खबर आजको कारोबारमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *