लागूऔषधकोे जालो: कुलतमा १ लाख ५६ हजार युवा, उपचारको दायरमा ८ हजार मात्र

Sharing is caring!

मंसिर १०, २०७५ । मुलुकमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुव्र्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो ।
सरकारी तथा गैरसरकारी निकायले लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । गृह मन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्न वार्षिक करोडौं रुपैयाँ खर्चने गरेका छन् ।

दुव्र्यसनको सबैभन्दा ठूलो मारमा काठमाडौं उपत्यकाका युवायुवती पर्ने गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ । काठमाडौंमा लागूऔषध दुव्र्यसन र बिक्री वितरणको आरोपमा दैनिकजसो आधा दर्जन बढी युवायुवती पक्राउ पर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले लागूऔषध दुव्र्यसनको जालो भयावह रूपमा बढ्दै गएको बताए । जालो भयावह रूपमा बढ्न थालेपछि काठमाडौं प्रशासनले केही दिनअघि मात्रै यहाँका डेढ दर्जन पुनःस्थापना केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पनि पुनःस्थापना केन्द्रमा लागूऔषध दुव्र्यसनीको संख्या वृद्धि भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । स्कुल जीवन सकेर प्लस २ पढ्ने युवायुवती लागूऔषध दुव्र्यसनको जालोमा नराम्ररी फस्ने क्रम बढेको घिमिरेले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दैनिकजसो आधा दर्जन युवायुवतीलाई प्रहरीले दुव्र्यसनको आरोपमा हत्कडी लगाएर सार्वजनिक मुद्दा चलाउन ल्याउने गरेको छ । उनीहरूमध्ये केही दुव्र्यसनी र केही बिक्री वितरणमा संलग्न रहने गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार लागूऔषध दुव्र्यसनको जालोमा पर्नेमा काठमाडौंपछि धरानका युवायुवती बढी छन् । तेस्रो ठूलो जालोे पोखरामा छ । यसैगरी, चौथो ठूलो जालो झापा र पाचौंमा रूपेन्देहीका बुटवल र भैरहवामा छ ।

दुव्र्यसनी बढिरहेका स्थानमा चितवनको नारायणगढ, नेपालगन्ज, वीरगन्ज, हेटौंडा रहेका छन् । यस्तै, लागूऔषध दुव्र्यसनी बढिरहेका थप स्थानमा कैलाली, दाङ, काभ्रे, जनकपुर, बारा छन् । बिस्तारै मुलुकका अन्य स्थानमा पनि जालो बढ्ने क्रम सुरु भएको गृह मन्त्रालयको अध्ययनले देखाएको छ ।

लागूऔषध दुव्र्यसनमा फसेकामध्ये मुस्किलले ८ हजारले मात्रै पुनःस्थापना केन्द्रमा रहेर उपचार गराइरहेका छन् । बाँकी १ लाख ४८ हजार बाहिरै छन् ।
सरकारले लागूऔषध दुव्र्यसनीलाई पुनःस्थापना केन्द्रमा राखेर उपचार गर्न एउटै पनि उपचार केन्द्र खोल्न सकेको छैन । विभिन्न गैरसरकारी संस्थाले दुव्र्यसनीकै लागि १९६ वटा पुनःस्थापना केन्द्र खोलेका छन् । तर, ती प्रभावकारी बन्न नसकेको गृह मन्त्रालयको ठहर छ । मन्त्रालयका अनुसार लागूऔषध नियन्त्रण क्षेत्रमा काम गर्न भन्दै ६०६ वटा गैरसरकारी संस्थाले मन्त्रालयमा सूचीकृत गराएका छन् ।

। लागूऔषध दुव्र्यसनको जालोमा फसेकाहरूको जीवन उपचारको अभावमा संकट र विनाशतर्फ उन्मुख छ । दुव्र्यसनीहरू उपचार र पुनःस्थापना केन्द्र बाहिरै रहँदा उनीहरूले ठूलो संख्यामा आफूजस्तै दुव्र्यसनीको संख्या बढाउन सक्ने खतरा रहेको गृह मन्त्रालयका लागूऔषध नियन्त्रण महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद दुवाडीले बताए ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *