मेलम्ची मुहानको जिम्मा चिनियाँ कम्पनीलाई

Sharing is caring!

साउन २७, २०७६ । मेलम्ची खानेपानी आयोजनाको मुहानको काम सम्पन्न गर्न चिनीयाँ कम्पनीलाई ठेक्का दिन सहमति दिएको छ ।

आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न चिनीयाँ कम्पनी सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन उपयुक्त देखिएकाले एसियाली विकास बैंक (एडिबी)ले सहमति दिएको हो ।
प्राविधिक र आर्थिक दुवै चरणको मूल्यांकन गरेर आयोजनाले सहमतिका लागि एक हप्ताअघि एडिबिलाई पत्राचार गरेको थियो ।

‘प्राविधिक र आर्थिक मूल्यांकन गरेर ठेकेदार छनौटका लागि एडिबिमा पत्राचार गरेका हौँ’, आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भन्नुभयो–‘चिनियाँ कम्पनी छनौट गर्ने सहमति भएको पक्का हो ।’

मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँकी काम दुई प्याकेजमा सम्पन्न गर्न जेठ १४ गते प्रस्ताव गरेको थियो । त्यसमा एक प्याकेज सुरुङ र अर्काे प्याकेज मुहान अर्थात् हेडवक्र्सको बाँकी काम सम्पन्न गर्न चाइनिज कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालायन हाइड्रोले आशा देखाएका थिए ।

निर्माण कम्पनी छनौट भएपछि मुहानको काम १५ महिना र सुरुङको काम एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनेको आयोजनाले जनाएको छ ।

२७ किलोमिटर सुरुङ खण्डमध्ये करिब १ किमी सुरुङ खण्डको ढलान र सपोर्ट तथा सुरुङको हावा फाल्ने तीनटा भेन्टिलेसन साफ्ट, टनेल गेट र हेडवोक्सको काम बाँकी रहेको छ । सरकारले समयमै मेलम्चीको काम सक्न ७ अर्ब ३९ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *