ललिता निवास प्रकरणमा ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

Share this news:

भदौ १०, २०८० । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा जग्गा फिर्ता गराउने प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

प्रतिवादी बनाइएकाहरुलाई जग्गा किर्तेको अभियोग भने लगाईएको छैन् । तर, किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबीले समेत जग्गा फिर्ताको मञ्जुरीनामा दिनेमाथि पनि मुद्दा नचल्ने राय दिएको थियो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *