देशलाई रुवान्डा बनाउने खेल भइरहेको छ : सांसद न्यौपाने

Sharing is caring!

भदौ १०, २०८० । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद भगवती न्यौपानेले देशलाई रुवान्डा बनाउने खेल भइरहेको र त्यसमा गठबन्धन नै संलग्न रहेको भन्दै आक्रोश पोखेकी छिन् ।

बहुजात बहुधर्म बहुसंस्कति नेपालीको जे पहिचान छ त्यो हाम्रो गर्व हो अभिसाप होइन् जातिय सद्भावमा खलल पुग्ने् गरी जे गतिविधिहरु भैरहेका छन् । त्यो अत्यन्तै दुखद छ । आज कोशीमा पहिचानका नाममा जातिय सद्भावमा खलल पुग्ने खालका गतिविधि भइहरेको छ । त्यसलाई उक्साउने काम गठबन्धनबाट भइहेको छ । त्यसलाई उक्साउने र अराजकतिर लैजाने काम भैरहेका छन् ।

उनले भनिन्, मिलेर बसेका नेपालीहरुलाई जात जातका नाममा लडाँई गराएर यो देशलाई रुवान्डा बनाउन हामी चाहाँदैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *