नेपालको कारोबार डिजिटल हुनुपर्छ : गभर्नर अधिकारी

Sharing is caring!

भदौ १०, २०८० । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन् । वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा उनले आफूले साईन गरेको नोट फ्रेममा रहोस र कारोबार भने डिजिटल होस भन्ने चहाना रहेको र धेरै हदसम्म पूरा पनि भएको बताए । उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने, सुशासन आउँने र कारोबारहरु रेकर्ड राख्नेलगायत धेरै काम सहज रुपमा हुने पनि बताए ।

उनले भने, म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नर मध्ये एक हुँ तर मेरो चहाना त्यो साईन गरेको नोट फ्रेममा रहोस र हाम्रो कारोबार भने डिजिटल होस भन्ने हो र त्यो धेरै हदसम्म पूरा पनि हुन थालेको छ । यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउँछ, कारोबारहरु रेकर्ड हुन्छ, सरकारको कर पनि नियमित रुपमा आउँछ आएन भने पनि ट्रेस गर्न सकिन्छ । धेरै फाइदाहरु हुन्छन् ।

उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको भन्दै त्यसको फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको जिकिर गरे । एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको उनको भनाई छ ।

हामीसँग धेरै प्रकारका उत्पादनहरु छन्, फिक्स रेट एकपटक लिएरको रेट सात वर्षसम्म परिवर्तन नहुने उत्पादनहरु पनि छन् । जसको फिक्स आम्दानी छ, त्यसको लागि फिक्स रेट हुन्छ । हामीले विगत तीन वर्षदेखि लागू भएको विषय हो । जस्तै फिक्स आम्दानी हुनेहरुको भोली व्याजदर बढ्दा तिर्न सक्दैँन् भन्ने अनुमानको आधारमा त्यसको जिम्मेवारी बैंक आफैले लिने गरि बनेको वस्तुहरु पनि छन् तर धेरै कम मान्छेहरुले मात्रै यो प्रयोग गर्नुभएको छ ।

उनले भने,यो सायद सञ्चार र साक्षरताको कमीले पनि यस्तो हुनसक्छ । एउटा सानो कर्जाको व्याजदरको सन्दर्भमा समेत पनि साक्षरताका क्षेत्र प्रशस्त छन् भने समग्र वित्तीय क्षेत्रमा वित्तीय साक्षरताको अनिवार्य आवश्यकता हामीले देखेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *