राजधानीमा रगत अभाव

Sharing is caring!

कात्तिक १७, २०७५ ।केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेका छन् ।

मागअनुसार रगत संकलन हुन सकेको छैन
केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्रम थियो, दुवै स्थगित भयो,’ केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनीता राजकर्णीकारले भनिन्, ‘निर्धारित रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगत अभाव भएको हो ।’ उनका अनुसार अहिले रगतको माग दैनिक ३ सयदेखि ३ सय ५० प्रिन्ट छ, तर संकलन सोअनुसार हुन सकेको छैन ।

रक्तदान कार्यक्रमबाट पनि लक्ष्यअनुरूपको संकलन हुन नसकेको उनले बताइन् । दसैँमा घर गएका युवा राजधानी फर्किनसकेकाले पनि रक्तदान कार्यक्रम राखेका संघसंस्थाले कार्यक्रम स्थगित गर्ने गरेको उनको भनाइ छ । ‘हामीले सबै संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान गरेका छौँ,’ उनले भनिन् ।

ब्लड बैंकले मौज्दात रगत उपलब्ध गराउ“दा बिरामीको आफन्तसँग सोधभर्ना लिएर मात्रै दिँदै आएको छ । रगतको चर्को अभाव भएपछि ब्लड बैंकले न्युरोडको भूगोलपार्क र बागबजारमा कर्मचारी खटाएर नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । ब्लड बैंकले उच्च माग धान्न उपत्यकाबाहिरका रामेछाप, दोलखा, धादिङलगायत जिल्लाबाट समेत रगत काठमाडौं ल्याउने गरेको छ ।

रगतमा सय रुपैयाँ मूल्यवृद्धि
ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपैयाँ मूल्यवृद्धि गरेको छ । निर्देशक कर्णीकारले बिहीबार ब्लड बैंकमा टा“सेको सूचनामा ‘केन्द्रीय रक्तसञ्चार सेवाबाट रगत र रक्ततत्व उपलब्ध गराउनेक्रममा हाललाई रक्तसंकलन रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार ब्युरोको निर्णयअनुसार प्रतियुनिट थप सय रुपैयाँ लिने व्यवस्था गरेको’ उल्लेख छ ।

रगतका लागि दैनिक सयजति फोन आउँछ
चाडबाडको समयमा सधैँ रगतको अभाव हुने गर्छ । यसवर्ष अभाव झनै बढेको छ । दसैँयता हरेक दिन मलाई सयभन्दा बढी फोन आइरहेको छ रगतका लागि । चाडपर्व पनि नभनी सहयोग गरिरहेको छु ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *