यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठविरुद्ध मुद्दा दायर

Sharing is caring!

पुस २५, २०७५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठले गैरकानुनी रुपमा सम्पत्ति जोडेको भन्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनसँग १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको अख्तियारको दाबी छ।

श्रेष्ठलाई २ वर्षसम्म कैद र १ करोड ३४ लाख नै जरिवाना गर्न पनि विशेष अदालतसँग माग गरेको छ। उनकी श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको देखिएको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।

श्रष्ठले सार्वजनिक पदधारण गरेकोदेखि अहिलेसम्म उनीसँग ३ करोड ४४ लाख ७७ हजार रूपैयाँ बराबरको सम्पत्ति रहेको अख्तियारले जनाएको छ। त्यसमध्ये, २ करोड १० लाख ७७ हजार रुपैयाँको आय आर्जन गरेको मात्र देखिएको छ । १ करोड ३४ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ । श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *