मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज भारत जाँदै

Sharing is caring!

जेठ १६, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत जाँदैछन् । उनी  भारतका नवनिर्वाचित  प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले  भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम सहभागी हुनेछन् । उनीसँगै उनको मन्त्रिपरिषद्ले पनि बिहीबार नै शपथ ग्रहण गर्दै छ ।

प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन्।

बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपालबाट दिल्ली ओर्लन्छन् । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *