सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो, मुख्यसचिवले ६५ हजार रूपैयाँ पाउने

Sharing is caring!

जेठ १५, २०७६ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार सदनमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब बढाएका हुन्।

बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ।

पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सुविधा भने यथावत रहने छन्।

वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ। त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ। कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *