मैथिली चलचित्रका निर्देशक ‘धर्मात्मा’को निधन

Sharing is caring!

साउन ३०, २०७५ । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त हुनुहुन्थ्यो ।

यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गर्नुभएको छ । उहाँले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गर्नुभएको छ । उहाँले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गर्नुभएको छ । मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव का अनुसार,“यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिली भाषी दर्शकबीच चर्चित हुनुहुन्थ्यो,” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *