आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Sharing is caring!

साउन ८, २०८० । देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सोमबार बिहानै देखि देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी र सुदूरपश्चिमका केही स्थानमा राति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज पहाडी भूभागहरुमा मध्यम वर्षा र बाँकी भूभागहरुमा हल्का वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *