‘मेरो सरकार’ भन्नु अधिनायकवादी मनोवृत्ति: कांग्रेस महामन्त्री काेइराला

Sharing is caring!

बैशाख २४, २०७६ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने शब्दावलीले पुरानो अधिनायकवादी शासकहरुको मनोवृत्तिलाई झल्को दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनले अधिनायकवादी चरित्रको पक्षपोषण गर्छ भन्ने आफ्नो निष्कर्ष रहेको बताए । ‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन । नत राष्ट्रपतिज्यूले भन्नु भएजस्तै उहाँको सरकार हो ।’, उनले भने, ‘यो त सबैखालको तानाशाही, निरंकुशता र अधिनायकवाद अन्त्य गरी स्थापना गरिएको सरकार हो ।’

महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक, वस्तुनिष्ट र तर्कसम्मत नभएको भन्दै सरकारको कामको मात्रै प्रशंशा गरिएको बताए । उनले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तथा नीतिहरुमा विश्वसनीयता नदेखिएको बताए । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *