उपत्यका बाहिर पनि बक्स अफिस लागू गरिने

Sharing is caring!

फागुन २०, २०७५ । काठमाडौँ उपत्यका बाहिरका चलचित्र हलमा ‘बक्स अफिस’ लागू गरिने भएको छ ।

राजधानीका चलचित्र हलहरूमा ‘बक्स अफिस’ लागु भएको आठ महिनापछि मोफसलमा यो प्रणाली लागु गर्न लागिएको छ । चलचित्रको आय तथा राजस्वमा पारदर्शी बनाउन बक्स अफिस प्रणाली लागु गरिएको सरकारको दाबी छ ।

नेपाल चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनले उपत्यका बाहिरका चलचित्र हलमा अब बक्स अफिस प्रणाली जडान गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सिस्टम सबै तयार छ । सामान आएपछि सबै हलमा जडान गर्न धेरै दिन लाग्ने छैन ।’’

उहाँका अनुसार आगामी चैत मसान्तसम्म सबै हलहरूमा सर्भर जडान गरिसक्ने योजना छ भने आगामी साउन १ गतेबाट प्रत्यक्ष विवरण हेर्न सकिने छ । मल्टिप्लेक्समा बक्स अफिस प्रणाली जडान गर्न समस्या नभएको जानकारी दिँदै सिङ्गल थिएटरमामात्र अलि समय लाग्नेछ । उपत्यका बाहिर १८ देखि २० वटा मल्टिप्लेक्स तथा ८० भन्दा बढी सिङ्गल थिएटर छन् ।’

बोर्डका बक्स अफिस प्रणाली हेर्नुहुने मनिष पण्डितले अहिले बक्स अफिसमा कुनै प्राविधिक समस्या नभएको दाबी गर्नुभयो ।

उहाँले राजधानीमा प्रदर्शन भएको चलचित्र क्याप्टेन, बुलबुल, ब्रेकअप सबैको विवरण हेर्न मिलेको पनि दाबी गर्नुभयो । कतिपय चलचित्रका निर्माता भने बक्स अफिस प्रणाली जडान भएपछि पनि प्रत्यक्ष विवरण हेर्न नसकेकोमा असन्तुष्ट छन्, तर बोर्ड अधिकारीले समस्या नभएको तर्क गरेका छन् ।

चलचित्र क्याप्टेनका नायक अनमोल केसीले बक्स अफिसको विवरण हेर्न समस्या नभएको बताउनुभयो । गत साउन १ गतेबाट उपत्यकाका चलचित्र हलहरूमा सरकारले बक्स अफिस लागू गरेको थियो । इ–टिकेटिङमार्फत् टिकट बिक्री गर्दै आएका सम्पूर्ण हलको व्यापारको प्रतिवेदन अब एउटा बक्स (सर्भर)मा केन्द्रित हुने गर्दछ । यसबाट हरेक हलमा बिक्री हुने टिकटको संख्या निर्माताले अनलाइनमार्फत सोही समयमा थाहा पाउन सक्छन् ।यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *