मुलुकभर २२ प्रतिशत रोपाइँ सम्पन्न

Sharing is caring!

असार १९, २०७५ । मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ ।

मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेकामा हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्राप्त तथ्याँकअनुसार उच्च पहाडी १४ जिल्लामा ५८ हजार १५८ हेक्टर, मध्यपहाडी ३९ जिल्लामा तीन लाख ९९ हजार ६७५ हेक्टर र तराईका २० जिल्लामा दश लाख ९४ हजार ६३६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

करिब दुई करोड ८० लाखको जनसंख्यालाई करीब ४१ लाख मेट्रिक टन चामलको आवश्यकता पर्ने अनुमान छ । मुलुकमा युवा जनशक्ति विदेशिनु, जमिनमा हुने खण्डीकरण, समयमै कृषकलाई बीउबिजन तथा रसायनिक मलको व्यवस्थापनमा देखिएको समस्या र चुनौतीका कारण उत्पादनमासमेत असर परेको छ ।

देशको उच्च पहाडी भेगमा अतिनै चिसो हावापानीका कारण त्यति राम्रो धान खेती हुन सक्दैन भने मध्यपहाडी क्षेत्रमा हुने खेतीले त्यहाँभन्दा केही राम्रो उत्पादन हुने गरेको छ । तराईका अधिकांश जिल्लामा भूमिको उर्वरा शक्ति तथा सिँचाइको सुविधा भएका कारण कृषकले व्यावसायिक खेती गर्ने गरेको भए पनि पूर्वी तराईमा उत्पादन अधिकतम हुने गरेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *