महरको व्यक्तिगत स्वार्थका कारण महाधिवेशन हुन सकेन: थापा

Sharing is caring!

माघ ३, २०७५ । नेपाल विद्यार्थी संघका महामन्त्री सरोज कुमार थापाले अध्यक्ष नैनसिंह महरको व्यक्तिगत स्वार्थको कारण महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् ।

आज राजधानी आयोजित एक कार्यक्रम बोल्दै उनले भने,‘दुई वर्षको समय सकियो, कुनै काम भएन, समयमा केन्द्रीय समितिको बैठक बस्न सकेन, बारम्बार थपेको समय सकिँदा पनि नेतृत्वले नैतिक रुपमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न सकेन, पार्टीको आगामी माघ १० गते बस्ने केन्द्रीय समितिको बैठकले विद्यमान संघको नेतृत्व खारेज गरेर तदर्थ समिति गठन गरोस्, त्यसले नेविसंघ र स्ववियुको निर्वाचन गर्न सकोस् ।’

दु्ई वर्षसम्म नेविसंघलाई सभापति महर र महामन्त्री कुन्दनराज काफ्लले आफ्नो व्यक्तिगत र गुटगत स्वार्थको भूमरीमा पारेको महामन्त्री थापाको दाबी छ ।

उनले भने,‘दुई वर्षसम्म नेविसंघलाई आफ्नो स्वार्थअनुसार चलाउन खोज्नु भयो, अन्ततः आज आएर उहाँहरु एक ठाउँमा उभिनुभएको छ, नैतिक पतन बनेर नेतृत्वमा बसिरहनुको कुनै औचित्य छैन्, विद्यमान नेतृत्वले नै संघको महाधिवेशन गर्छ भनेर पार्टी र हजारौं विद्यार्थी नेता कार्यकर्ताहरुलाई भ्रममा पार्नुभएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *