फेरि गयो बझाङमा ५.२ म्याग्निच्युडको भूकम्प

Sharing is caring!

असोज २५, २०८० । बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । त्रसित जनसमुदाय गएराति गएको भुकम्पले झनै भयभीत बनाएको छ ।

यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि लथालिङ्ग बनेको बझाङमा बारम्बारको पराकम्पन गइरहेको थियो ।

सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *