मलेसियाको राेजगारी पुनः खुल्ला

Sharing is caring!

भदौ २६, २०७६ ।  १५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः खुल्ला गर्न सहमति भएको छ ।

नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति भएको हो ।

सहमति भएसँगै नेपालबाट नयाँ कामदार मलेसिया जाने बाटो खुल्ला भएको छ । अब मलेसिया जाने कामदारहरु शून्य लागतमा मलेसिया जाने भएकाछन् ।

नेपाल र मलेसियाका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो । मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो । सुरूमा दुइ दिन बस्ने भनेकाे बैठक निष्कर्षमा नपुग्दा लम्बिएकाे थियाे ।

सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमरेले हस्ताक्षर गरेका हुन् ।

गत बर्ष २०७५ जेठ २ गतेबाट बन्द रहेको मलेसियाको रोजगारी आगामी आइतबारबाट खुल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *