मदन भण्डारी पुरस्कार हरिप्रसाद शर्मालाई दिइने

Sharing is caring!

असार ११, २०७५ । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ ।

मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

मदन भण्डारी फाउण्डेशनले प्रदान गर्ने उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन यथार्थको उत्खनन गरेबापत प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिनुभयो ।

लिच्छविकालदेखि वर्तमानसम्मका काठमाडौँ उपत्यकामा प्राचीन सामाजिक, प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने कुरा चित्रकलाका माध्यमबाट प्रकाशन गरी उल्लेखनीय योगदान गरेबापत शर्मालाई पुरस्कार दिन लागिएको अध्यक्ष भण्डारी बताउनुभयो ।

फाउण्डेशनले हरेक वर्ष मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुरयाएका व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कारले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा भगवान कोइरालालाई प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *