भूकम्पपीडितलाई ५ अर्ब ३२ करोड अनुदान

Sharing is caring!

जेठ ८, २०७५ । सिन्धुलीमा भूकम्पले भत्किएका घर धमाधम बन्दै छन् । हालसम्म जिल्लाका ३५ सयभन्दा बढी भूकम्प प्रभावित सुरक्षित घरमा बस्न थालिसकेका छन् भने १८ हजारभन्दा बढी लाभग्राहीले दोस्रो किस्तावापतको अनुदानसमेत लिइसकेका छन् ।
नेपाल सरकारले समय तालिकासहित घर बनाउने तालिका सार्वजनिक गरेपछि भूकम्प प्रभावितले प्राथमिताका साथ घर बनाउन सुरु गरेका थिए । जिल्लाबाट लाभग्राही सूचीमा परेकामध्ये ९७ प्रतिशत घर निर्माणको चरणमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिन्धुलीले जनाएको छ ।
पुनर्निर्माण सुरु गरेका जिल्लाका भूकम्प प्रभावितको नाममा हालसम्म अर्बांै रकम निकासा भइसकेको छ । भूकम्पपीडितलाई पहिलो किस्तावापतको ५० हजार, दोस्रो किस्तावापतको १ लाख ५० हजार र तेस्रो किस्तावापतको १ लाख रुपैयाँ वितरणमा अर्बाै रकम खर्च भएको हो । भूकम्पपीडितलाई घर बनाउनका लागि ५ अर्बभन्दा बढी रकम वितरण गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुलीमा ५ अर्ब ३२ करोड अनुदान रकम वितरण गरेको हो ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि सरकारी अनुदानवापतको पहिलो, दोस्रो तथा तेस्रो किस्ता वितरणमा २०७५ वैशाख अन्तिमसम्म ५ अर्ब ३२ करोड ७० लाख रुैपैयाँ भूकम्पपीडितलाई वितरण गरिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव ०७२/७३ मा ५ करोड ८९ लाख रुपैयाँ भूकम्पपीडितलाई वितरण गरिएको थियो । यस्तै आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ९५ करोड ९० लाख ५० हजार वितरण गरिएको थियो भने आर्थिक वर्ष ०७४/७५ को वैशाखसम्म ३ अर्ब २१ करोड २७ लाख ७५ हजार वितरण भएको जिल्ला समन्वय समिति लेखा शाखाका रामबाबु कार्कीले जानकारी दिए । अझै झण्डै ४ अर्ब बढी बजेट भूकम्पपीडितलाई वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएका ३४ हजार ९८८ घर पुनर्निर्माण गर्नुपर्ने भन्दै आवास अनुदान लाभग्राही सूचीमा सूचिकृत गरेको थियो । जसमा ३२ हजार ९ सयले पहिलो किस्तावापतको अनुदान लिएका छन् । भूकम्पका कारण क्षति भएका १८ हजारभन्दा बढी घर निर्माणको चरणमा रहेका छन् । जिल्ला समन्वय समिति पुनर्निर्माण प्राधिकरणको सचिवालय सिन्धुलीका अनुसार हालसम्म १८ हजार भूकम्प प्रभावितले दोस्रो किस्तावापतको रकम बुझिसकेका छन् ।यो खबर आजको कारोबारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *