संविधान संशोधनलाई उपेक्षा : मधेसकेन्द्रित दल

Sharing is caring!

जेठ ८, २०७५ । मधेस केन्द्रित दलले नीति तथा कार्यक्रममा संविधान संशोधनको पाटो नसमेटिएकामा असन्तुष्टि जनाएका छन् ।

सरकारले संविधान संशोधन मुद्दालाई उपेक्षा गरेको उनीहरूको आरोप छ। ‘सबै कुरा समेट्न खोजिएको छ, राम्रो छ,’ राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले भने, ‘संविधान संशोधन गरेर समस्याको समाधान गरिनेछ भन्ने वाक्य छुटाइएको छ।’
राजपाकै नेता लक्ष्मणलाल कर्णले भने नीति तथा कार्यक्रममा मधेसको कुनै पनि विषय समावेश नगरेकामा आक्रोश पोखे। ‘भन्नलाई केही पनि छाडेका छैनन् तर मधेसको ‘म’ पनि समावेश गरिएन,’ उनले भने।
नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नीति तथा कार्यक्रम सकारात्मक भए पनि संविधान संशोधनको बाटोमा मौन रहेको बताए। ‘छुटेको हो कि जानीबुझी छुटाइएको हो, बुझ्न सकिएन,’ उनले भने। नीति तथा कार्यक्रममा संघीयता कार्यान्वयनमा जोड कम भएको पनि उनले टिप्पणी गरे।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *