भारतमा रेल दुर्घटना हुँदा ७० को मृत्यु, १५० भन्दा बढी घाइते

Sharing is caring!

कात्तिक ३, २०७५ । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा कम्तीमा परी ७० जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

पठानकोटदेखि अमृतसर आउँदै गरेको उक्त रेलले मानिसहरूको भिडलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ साढे ६ बजेतिर अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाकनजिकै रावणको पुत्ला दहन गरिरहेको भिड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

बीबीसी हिन्दीले जनाए अनुसार रावणको पुत्लामा आगो लगाउनेबित्तिकै मञ्चबाट मानिसलाई पछाडि हट्न आग्रह गरिएको थियो । ठीक त्यहीवेला पछाडिबाट आएको रेलले मानिसको भिडलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *