भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु

Sharing is caring!

साउन ३०, २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु गरिएको छ ।

मंगलबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।

ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो । सुरुमा एक सय क्वीन्टल भनिएको सुन सोमबार तौलिदा ६० केजी ७ सय ८९ ग्राम मात्र रहेको पाइएको राष्ट्र बैंकको टक्सार विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *