भदौ २० गतेदेखि नाडा अटो शो हुने

Sharing is caring!

भदौ ११, २०८० । यही भदौ २० गते काठमाडौंमा नाडा अटो शो हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले, सवारी साधन, पार्ट पुर्जाबारे जानकारी दिने उद्देश्यले आयोजना हुदैँ आएको ‘नाडा अटो शो’ को १५ औँ संस्करण यही भदौ २० गतेदेखि सुरु हुने जानकारी दिएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसोसिएसनले, यही भदौ २० देखि ३१ गते सम्म प्रदर्शनी हुने जानकारी दिएको हो ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० वटा स्टल छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट पूजाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने बताइएको छ । प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल ९ वटा वित्तीय संख्या तथा ३० वटा लुब्रिकेन्ट, टायर ब्याटरी, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेने आयोजकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा अटोमोबाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल आवश्यक रहेको बताए । अघिल्लो सरकारले बजेटमा पनि यसलाई समावेश गरेको तर कार्यान्वयन हुन नसकेको भन्दै उनले यति ठूलो जनसंख्या भएको क्षेत्रमा व्यवस्थित प्रदर्शनी स्थल नभएको प्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘ठूलो महानगर छ ५०—६० लाख जनसंख्या भएको क्षेत्र छ, यस्तो ठाँउमा एउटा पनि व्यवस्थित प्रदर्शनी स्थल भएन, यसमा प्रर्दशनी स्थलको व्यवस्था गनुपर्ने छ भनेर सरकारलाई भनेका थियौँ । पहिलाको सरकारले बजेटमा पनि यसलाई समावेश गरेको कुरा आएको थियो तर त्यसलाई कार्यान्वयन भएको छैन् । काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल एकदमै आवश्यक भएको छ ।’

यस्तै, अटो शोले अटो मोबाइलको क्षेत्रमा रक्तसञ्चार प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै विगतका समयमा जस्तै यो पटक पनि सबैको साथ आवश्यक भएको बताए । नाडा अटो शो २०२३ समितिका सभापति अनुप कुमार वरालले शोको बारेमा जानकारी दिदैँ प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रि पछिका सेवा, आदिका छुट्टा छुट्टै स्टलहरु रहने जानकारी दिए ।

उनले भने ,अटो सम्बन्धी जानकारी दिन म्यागेजीन तथा पत्रकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौको सूचना कक्ष समेत प्रदर्शनीमा रहने छ ।

प्रदर्शनी स्थलमा सजिलै आवागमनका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने उनले जानकारी दिए ।

एक्स्पोलाई व्यवस्थित बनाउन प्रदर्शनी स्थलमा भिड भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजैदेखि खल्ती एपमार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाई छ ।
६ दिन सम्म बन्ने उक्त नाडा अटो भी २०२३ मा झण्डै ७५ हजार आथन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको छ ।

यस वर्षको अप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले आइडिया इ एट एस प्रो इलेक्ट्रोनिक स्कूटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *