एमसीसीको दस्तावेज लुकाईयो : पूर्व प्रधानमन्त्री खनाल

Sharing is caring!

भदौ ११, २०८० । पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको दस्तावेज लुकाइएको आरोप लगाएका छन् ।
सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत् अन्तरक्रिया कार्यक्रममा सत्तारुढ नेकपा एसका सम्मानित नेता खनालले यदि इमान्दारीपूर्वक सम्झौता गरिएको भए दस्ताबेज लुकाउन आवश्यक नभएको बताए । उनले सम्झौता देशको हितमा र राष्ट्रको हितमा गरिएको भए दस्तावेज खुल्लारुपमा राख्नु पर्ने भन्दै दालमा केही कालो छ भन्ने यसैबाट प्रष्ट भएको बताए ।

उनले भने , यदि इमानदारीपूर्वक गरिएको थियो,देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्तावेज लुकाउनु पर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाईयो ? दालमा कालो छ भन्ने कुरा यही बाट थाहा हुन्छ ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी मात्र नभई एसपीसी समेत आएको तर जनताको आँखामा धुलो छर्ने काम भएको बताए । एमसीसीको बारेमा आफुले कुरा उठाउदा संसदमा समेत सांसदहरु आफुविरुद्ध कुर्लिने काम गरेको खनालको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *