प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता

Sharing is caring!

वैशाख १४, २०७५ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन । त्यसपछि दुवै अध्यक्षबीच आज पहिलो पटक भेटवार्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *