भारतीय प्रम मोदीको स्वागतका लागि प्रधानमन्त्री ओली जनकपुर पुगे

Sharing is caring!

वैशाख २८, २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुग्नुभएको छ ।

केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्नुहुँदा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुर विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री मोदीको स्वागत गर्ने र त्यसपछि जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पुजाअर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

उहाँले भ्रमणका क्रममा सञ्चारकर्मीहरुको सहज पहुँचका लागि आवश्यक सहजीकरण भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *