प्रधानमन्त्री प्रचण्ड र सीपीसी तिब्बतका सचिव वाङ छुङछेङबीच भेटवार्ता

Sharing is caring!

कात्तिक २३, २०८० । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका छुङछेङले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे आजको भेटमा छलफल भएको बताइएको छ । वाङ छुङछेङले बुधबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका हुन् ।

उनले उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई बुधबार नै भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *