प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सिफारिस

Sharing is caring!

असोज ९, २०७५ । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।

राजधानी र नामांकनका लागि गठित संसदीय विशेष सुझाव समितिले आफ्नो प्रतिवेदन प्रदेशसभामा पेस गरेको हो ।

समितिले प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा प्रदेश ७ को राजधानी कैलालीको गोदावरी नगरपालिका ४ लाई तोक्न सिफारिस गरेको छ ।

प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *