पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

Sharing is caring!

पुस ३, २०७५ । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज बिहान बुढानिलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको उनकी श्रीमती सराहा गिरीले जानकारी दिएकी छिन् ।

कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती  सराहाले बताइन् ।

लाको मन्त्रीमण्डलमा सदस्यका रुपमा काम गर्नुभएका गिरीले प्रधानमन्त्री र तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्री परिषद्को उपाध्यक्ष भई काम गर्नुभएको थियो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिनुभयो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *