संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखि

Sharing is caring!

पुस ३, २०७५ । राष्ट्रपति भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । आज (मंगलबार) राष्ट्रपति भण्डारीले पुस ११ गते अपराह्न ४ बजेका लागि संसद अधिवेशन बोलाएकी हुन् ।

राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र आज नै  संसद् सचिवालयमा दर्ता भएको छ । सचिवालयले संसद् बैठकको लागि भोलि सूचना जारी गर्ने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *