पुष ५ गतेदेखि भृकुटीमण्डपमा पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ लाग्दै

Sharing is caring!

मंसिर २६, २०७५ । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुष ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ ।

उद्यमशील महिला महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरेर घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ गतेदेखि ९ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी छिन् ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले उद्घाटन गर्ने मेलामा सातै प्रदेशका महिला उद्यमीको उपस्थिति रहने अध्यक्ष बुढाथोकीले बताईन ।

उनले भनिन्,‘उक्त मेलामा सातै प्रदेशमा रहेर स्थानीय उत्पादनमा सक्रिय रहेका महिला उद्यमीहरुको उपस्थिति रहनेछ, स्थानीय स्तरमा रहेर उत्पादन क्षेत्रमा क्रियाशील रहेका महिलाहरुको सहभागितामा सम्पन्न हुने मेलामा स्थानीय उत्पादनको प्रदर्शन गरिनेछ, केही समय पहिले चीनमा घाँसबाट बनेको झोलाको माग भएको थियो, हामीले त्यो सामान उपलब्ध गराउन सकेनौं, भनेजति साम्रगी उपलब्ध गराउन नसकेको स्थितिमा स्थानीय स्रोत साधानको प्रयोग गरि निर्माण गरिएका सम्भावित कच्चापदार्थबाट निर्मित साम्रगीहरुको बजार विस्तार गर्ने र उक्त मेलामा चीनमा अपुग भएका सामग्रीहरु संकलन गरि परिपुर्ति गर्ने लक्ष्य लिएकाछौं ।’

अध्यक्ष बुढाथोकीले भनिन्,‘हामीले ग्रामीण भेगका महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने कुरामा नेपाल सरकारका विभिन्न तह र तप्कालाई यस कार्यक्रममा साथ दिन अनुरोध गरेका छौं, यसै अनुसार कतिपय जिल्ला र प्रदेशमा हाम्रा कार्यक्रम सुचारु छन र अझ बृहत रुपमा कसरी जान सकिन्छ भन्ने कुरामा एकपटक नेपाल उद्यमशील महिला महासंघले आफ्नै आयोजनामा देशभरका ७७ वटै जिल्लाका महिला उद्यमीहरुलाई एकै ठाउँमा आफ्ना जिल्ला र गाउँका उत्पादनलाइ प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’

उनले अघि थपिन,‘मेलामा अवलोकन गरेर देशमा महिला उद्यमीहरुका समस्याको पहिचान, समाधान र आगामी आर्थिक वृद्धिको पाटो कसरी सहज बनाउन सकिन्छ ? भन्ने कुरामा सवै मेलाका प्रतिनिधीहरुको अन्तक्रिया गरी देशको विकासमा आ–आफ्नो स्थानबाट सहयोगको अपेक्षा गरेका छौं ।’ अध्यक्ष बुढाथोकीले मेलाको विभन्नि लक्ष्य रहेको बताउँदै उनले भनिन्,‘चेम्वरहरु तथा महिला उद्यमीले सञ्चालन गरेका विभिन्न उद्योगहरुको प्रदर्र्शन तथा विक्रि कक्षहरु रहने छन् ।’

कार्यक्रममा महासंघकी वरिष्ठ उपाध्यक्ष विना तामाङ, महासचिव राधा कार्की, सदस्यहरु पार्वता कुमारी गौतम, बविना श्रेष्ठ, जिल्ला अध्यक्ष यशोदा कायस्थ, सदस्य मीना घिमिरे लगायतको उपस्थिति रहेको थियो भने गंगा लक्ष्मी अवालले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *