पाल्पामा स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको मृत्‍यु

Sharing is caring!

भदौ १३, २०८० । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो (ढुंगा) खसेको छ ।

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको त्यापिएर मृत्‍यु भएको जनाइएको छ । जीपमा सवार ८ जना मध्य केहीलाई उद्दार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

उद्दारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *