अन्तिम समयमा समाजवादी मोर्चाको धनगढी सभा स्थगित

Sharing is caring!

भदौ १३, २०८० । समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको सभा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूको कार्यव्यस्ततालाई देखाउँदै स्थगित गरिएको हो ।

शीर्ष नेताहरूको कार्यव्यस्तताले आजका लागि तय गरिएको सभा स्थागित गरिएको छ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने,‘त्यहाँको कार्यक्रम नेताहरूले आपसी परार्मशमा तय गर्नुहुनेछ ।

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थतरियसभा भोलि अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरुले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *