पार्टी फुट्दैन, विभाजन भए नेपाल विदेशी शक्ति केन्द्रको ‘प्ले–ग्राउण्ड’ बन्छ: देव गुरुङ

Sharing is caring!

साउन १०, २०७७ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने स्पष्ट पारेका छन् । नेकपा फुट्दा नेपालको राष्ट्रियता नै संकटमा पर्ने उनले खतरा औंल्याए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । सरकारको कामकारबाहीमा कमिकमजोरी भए सुधार गरेर लैजानुपर्ने उनको तर्क छ ।

नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे सोध्दा उनले भने,‘दल दर्ता भएको कुरा यो फ्याक्ट हो ।

त्यहाँभित्र अन्तरकुन्तरमा को–को सक्रिय थिए ? को–को सक्रिय थिएनन् ? भन्ने कुरा छलफल, अध्ययन र अनुशन्धानको विषय हो भन्ने लाग्छ । पार्टी अध्यक्षले अध्ययन गर्नुभएको होला। बुझ्नु भएको होला । बुझेरै भन्नुभएको होला भन्ने लाग्छ । एउटा नेताले बुझेको सबै कुरा कार्यकर्ताले पनि बुझ्नुपर्छ भन्ने जरुरी छैन् ।

फ्याक्ट के हो भने नेकपा एमालेकै नाममा आयोगमा दल दर्ता भएको छ । किन दर्ता भयो ? भन्ने विषयमा निश्चयपनि प्रश्नहरु छन् । तर, तपाईले पार्टी विभाजनको कुरा गर्नुभयो, म पार्टी विभाजनको सम्भावना देख्दिन् । पार्टी विभाजन हुनुहुँदैन् । पार्टी विभाजनको वे बाट जानुहुँदैन् । विभाजनको वे बाट जानु भनेको के हो भन्दाखेरि यो डेमोक्रेसी सिद्धिने वेबाट जाने हो ।’

साक्षात्कारमा बोल्दै उनले बहुमतप्राप्त पार्टी विभाजन भयो भने संसद हंक–पार्लियामेन्टमा रुपान्तरण हुने खतरा औंल्याए । गुरुङले भने,‘विगतमाजस्तै डेडलक कायम हुन्छ । भोलि पार्लियमेन्ट डिजल्भ हुनपनि सक्छ । यो सिस्टम कोल्याप्स हुनसक्छ ।

दलको विभाजन केसँग जोडिएको छ भने नेपाल अफगानिस्तान बन्ने कि नबन्ने भन्नेसँग जोडिएको छ । दलहरु विभाजन हुन र जुट्न सक्छन् । यो स्वभाविक प्रक्रिया हो । तर, यतिखेर नेकपालाई विभाजन हुने छुट छैन् । नेकपा तलमाथि भयो भने त्यसले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउनेछ । नेपाल अफगानिस्तान, सिरिया, लेबनान बन्नेछ ।’

उनले पार्टीभित्रको विवादबारे छलफल र बहस भैरहेको सुनाए । पार्टीको निर्णय सबैले मानेर नै अघि बढ्नुपर्ने उनको तर्क छ । भारतीय मिडियाले नेपालबारे गरेका प्रचार अफवाहबाहेक अरु केही पनि नभएको उनको टिप्पणी छ ।

मुलुकमा कोरोना महामारी, बाढि/पहिरो र डुबानलगायतका विपत्ति विद्यमान रहेकोले सबै एकजुट भएर लाग्नुपर्ने उनले आवश्यकत्ता औंल्याए । गुरुङले मुलुकका अगाडि केही राजनीतिक संकट पैदा भएको पनि उल्लेख गरे ।

उनले भने,‘राजनीतिक संकट आन्तरिक र बाहृय दुवै रुपमा देखापरेको छ । आन्तरिक रुपमा यतिवेला मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । त्यसको रक्षा र संस्थागत स्थापनाको जरुरी छ । यो रक्षा गर्ने सवालमा कति रक्षा गर्न सक्यौं ? कति सकेनौं भनेर क्वेशनहरु उठिराखेको छ ।’ उनले अहिले प्राप्त लोकतन्त्र नै गुम्ने हो कि भन्ने चिन्तापनि प्रकट भैरहेको उल्लेख गरे ।

त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा पनि अहिले व्यापार युद्ध हुँदै शीतयुद्धको अवस्था रहेको उनले चित्रण गरे । उनले भने,‘प्रकारन्तरले तेस्रो विश्व युद्ध हुने हो कि भन्ने चिन्ता देखिएको छ, तेस्रो विश्वयुद्ध भयो भने नेपालले आफ्नो विदेश नीति कुन प्रकारको अवलम्बन गर्ने भन्नेपनि प्रश्न छ। यतिखेर असंलग्न आन्दोलन, असंलग्न नीति, पञ्चशीलको सिद्धान्तलाई अंगीकार गर्दै शान्तिपूर्ण मार्गबाट जाने कि या शक्ति संघर्षमा कुनै पक्षमा उभिने ? भन्ने दुईवटा बाटोभन्दा तेस्रो बाटो छैन् । कुन बाटोमा अघि बढ्ने भन्ने चूनौति छ ।’

अन्तर्राष्ट्रिय शक्तिले नेपाललाई अस्थिर बनाउने र अराजकता पैदा गराउन खोजिरहेको उनको आरोप छ । उनले भने,‘नेपालको यो सिस्टमलाई कोल्याप्स बनाउन शक्ति केन्द्रहरु बढिभन्दा बढि लागिरहेका छन् ।’

अहिले देखिएका चूनौतिको सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकत्ता सुनाउँदै उनले भने,‘प्राप्त डेमोक्रेसीको रक्षाको प्रश्नमा पनि प्रष्ट भिजनका साथ अगाडि बढ्ने लिडरको जरुरी छ। आन्तरिक रुपमा पनि राष्ट्रिय सहमति जुटाएर जानसक्ने नेतृत्वको जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *