पार्टी एकताबारे गम्भीर छलफल,चाँडै निकास आउने संकेत

Sharing is caring!

वैशाख ७, २०७५ । पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि गम्भीर छलफल भएको छ ।

पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पुरयाउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उहाँहरुबीच गम्भीर र सकारात्मकरुपमा छलफल जारी रहेकाले दुवै पार्टीका नेता र कार्यकर्ताको अपेक्षाबमोजिम चाँडै निकास आउने संकेत देखिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *